Nepal Times
Nepal Times
3
Shares

ओली प्रधानमन्त्री बन्नु सुखद : भाजपा नेता

ओली प्रधानमन्त्री बन्नु सुखद : भाजपा नेता

काठमाडौं, फागुन १३
भारतीय सत्तारुढ दलका एक नेताले नेपालमा केपीशर्मा ओली प्रधानमन्त्री बन्नु सुखद भएको प्रतिकृया दिएका छन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष भगतसिंह कोशियारीले केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बन्नु सुखद भएको बताएका हुन् । नेपाली जनताले स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचनमा परिपक्व निर्णय गरेको कोशियारीले टिप्पणी समेत गरेका छन् ।

निर्वाचनमा देखिएको जजनताको सहभागिता र निर्वाचन परिणामले प्रजातन्त्र नेपाली जनताको मनमा स्थापित भएको पुष्टि गरेको पनि कोशियारीले बताए ।

नेपाल–भारत प्रबुद्ध समूहको सातौं बैठकपछि आइतवार काठमाडौंको र्‍याडिसन होटलमा आयोजित पत्रकार सम्मेलनमा कोशियारीले भने नेपाल र भारतबीच नयाँ ढंगबाट सम्बन्ध परिभाषित गर्न प्रवुद्ध समूह गठन हुँदा नेपालमा केपी शर्मा ओली नै प्रधानमन्त्री रहेको स्मरण गर्दै अहिले पुनः ओली नै प्रधानमन्त्रीका रुपमा आउँदा खुसी लागेको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.