काठमाडौं, फागुन १३
प्र्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनताको घरघरमा पुगेर गुनासो सुन्ने घोषणा गरेका छन् । आइतबार प्रदेश २ मा सुशासन कायम गर्न ११ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै उनले प्रदेशभित्रका सवै वडा तथा टोल टोलमा पुगेर जनताको गुनासो आफैले सुन्ने घोषणा गरेका हुन् ।
मुख्यमन्त्री राउतले आफ्नो कार्यालय मातहतमा हेल्लो प्रदेश सरकार स्थापना गर्ने पनि घोषणा गरेका छन् । मुख्यमन्त्री राउतले सर्वसाधारणले आफ्ना गुनासोहरु इमेलमार्फत पनि मुख्यमन्त्री कार्यालयमा टिपाउन सक्ने व्यवस्था गर्ने व्यवस्था मिलाएका छन् ।
त्यस्तै उनले जनताले सिधै गुनासो गर्न पाउने गरी सञ्चार माध्यममा जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरेका छन् ।