पारसलाई राजीनामाबारे लिखित रुपमा प्रस्ट पार्न क्यानको आग्रह

८ कार्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निर्वतमान कप्तान पारस खड्कालाई नेपाल क्रिकेट संघ क्यानले राजीनामाबारे प्रस्ट पार्न आग्रह गरेको छ ।

क्यानको पहिलो बैठकमै कप्तान पदबाट पारसले राजीनामा दिएको खबर मिडिया र सामाजिक सञ्जालबाट थाहा भएको भन्दै यसबारे लिखित रुपमा जानकारी गराउन आग्रह गरेको हो ।

पारसलाई क्यानले औपचारिक रुपमा बिहीबार पत्र पठाएको स्रोतले जनाएको छ । पारसले नयाँ कार्यसमिति आएपछि काम गर्न सजिलो वातावरण बनाउने भन्दै सामाजिक सञ्जालमार्फत कप्तान पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

क्यानमा भर्खरै नयाँ नेतृत्व आएकाले यस विषयमा क्यानले पारसले औपचारिक निर्णय नगराएकाले राजीनामा स्वीकृत गर्ने कुरै नआउने पनि स्रोतले जनाएको छ । अहिले तिहार पर्व पनि सुरु भइसकेकाले तिहार पछि पारसले जवाफ पठाउने क्यानले अपेक्षा गरेको छ ।

अब क्यानको अर्को बैठक भने नोभेम्बर २० तारिख पछि मात्रै बस्ने पनि जनाइएको छ । आईसीसीका प्रतिनिधिहरु आएपछि उनीहरुसँग संयुक्त बैठक बस्ने क्यानले जनाएको छ । नोभेम्बर पहिलो साता आईसीसीका प्रतिनिधिहरु आउने भनिएकोमा नेपाल हेर्ने प्रतिनिधि चीन भ्रमणमा जानु पर्ने भएकाले बैठक नोभेम्बर २० पछि मात्रै हुने सम्भावना रहेको पनि जनाइएको छ ।

क्यानलाई हालै मात्र आईसीसीले सशर्त निलम्बन फुकुवा गरेको हो । त्यसैले क्यान अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिएकाले आर्थिकलगायतका कार्ययोजना बनाउन आईसीसीका प्रतिनिधि आउन लागेका हुन् ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top