जापानमा १८ लाख अमेरिकी डलर बराबरको हीरा चोरी

८ कात्तिक ७६, शुक्रबार
Share this
778shares

८ कात्तिक, एजेन्सी । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तीव्र बनाएको छ ।

Advertisement

यो हीरा राजधानी टोकियोबाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीकाक्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शनस्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए ।

योकोहामा सहरमा तीनदिने गरगहना प्रदर्शनीकाक्रममा हीरा चोरिएको हो । यो हीरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए ।

Advertisement

जापानको सरकारी टेलिभिजन ‘एनएचके’काअनुसार जापानी कम्पनीको यो हीरा चोरिएपछि प्रदर्शनीस्थलमा खैलाबैला भएको थियो । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top