विराटनगर, फागुन १४
मुहान सुकेर पिउने पानीको समेत अभाव झेल्दै आएका तेह्रथुमको छथर गाउपालिका ओख्रेका वासिन्दाले वर्र्षातको पानी प्लाष्टिक पोखरीमा संकलन गरेर मनग्यै तरकारी उत्पादन गर्न थालेकाछन् ।
पानी अभावमा छिमेकी वसाई हिडीरहेका वेला ओख्रे बँसपानीका ३० वढी परिवारले भने वर्षातको पानी प्लाष्टिक पोखरीमा संकलन गरेर व्यवसायिक तरकारी खेती गरेका हुन् ।
गाँउलेले उराठलाग्दो पाखोबारीमा रायोको साग, खुर्सानी, आलु, टमाटर, प्याज, लसुन लगायतका तरकारी खेती गरेर मनग्यै आम्दानी गरिरहेका छन् ।
प्लाष्टिक पोखरीमा वर्षातको पानी संकलन गरेर तरकारी सिंचाई गर्ने शिप सिकेपछि गाँउले वसाई हिड्नबाट रोकिएको गाँउपालिका अध्यक्ष सन्तवीर लिम्वुले वताउनु भयो । यसअघि केही ओख्रेका वासिन्दाले पानी अभावकै कारण गाँउ छोडेका थिए ।