महाकवि देवकोटाको स्मृतिमा काठमाडौंमा काब्य सभा

१० कात्तिक ७६, सोमबार

११ कात्तिक, काठमाडौं ।

काठमाडौंको संचारग्रामस्थित त्रिमूर्ति निकेतनमा काब्य सभा आयोजना गरिएको छ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको १११ औं जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंको संचारग्रामस्थित महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्य सम्राट बालकृष्ण समको शालिक अगाडि उभिएर साहित्यकारहरुले आ–आफ्ना साहित्यिक रचना बाचन गरेका हुन ।

Advertisement

त्रिमूर्ति निकेतनले हरेक वर्ष महाकवि देवकोटाको जन्मजयन्तिको अवसर पारेर तिहार सो काब्य सभा आयोजना गर्दै आएको छ । काब्य सभामा महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वमाथि प्रकाश हुने खालका रचनाहरु बाचन गरिएका थिए ।

साहित्यकारहरुले नेपाली साहित्य आकाशका तीन नक्षेत्र महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्य सम्राट समको स्मृतिमा तीनै जनाको शालिक २०६१ साल ११ गते स्थापना गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top