नेवार समुदायले आज किजा पूजा गर्दैै

१२ कात्तिक ७६, बुधबार

१३ कार्तिक, विराटनगर । नेवार समुदायले आज किजा पूजा अर्थात् भाइटीका लगाउँदैछन् । हिजो म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले आज किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।

Advertisement

पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो । तर, नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै विदा दिन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारले आज पनि सार्वजनिक विदा दिएको हो ।

हिजो नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको बताइएको छ । नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कतिपयले हिजो नै म्हः पूजा गरे ।

Advertisement

कतिपयले भने भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हः पूजा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top