१३ कार्तिक, एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन चीनको भ्रमणमा जाने भएका छन् ।
उनी चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा अगामी नोभेम्बर ४ देखि ६ सम्म चीनको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्ले बताए ।
चीनको राजधानी बेइजिङमा आयोजना हुन लागेको दोस्रो चीन अन्तराष्ट्रिय आयात मेलाको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम पनि रहेको छ ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी फ्रान्सका राष्ट्रपति म्याक्रोनबीच भेटवार्ता पनि हुनेछ । सो भेटका क्रममा दुई देश बीचको आपसी सम्बन्ध बढाउनेलगायत क्षेत्रीय र अन्तराष्ट्रिय मुद्धाहरुको विषयमा छलफल हुनेछ । (रासस)
