कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यू, प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु

१३ कात्तिक ७६, बिहीबार

१४ कार्तिक, कपिलवस्तु । कपिलवस्तुको सीमा नाका कृष्णनगर तनावग्रस्त बनेको छ । लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुँदा हिजो बेलुकादेखि कृष्णनगर तनावग्रस्त बनेको हो ।

प्रदर्शनका क्रममा केही घाइते समेत भएका छन् । हिजो बेलुकी प्रहरीले स्थिति नियन्त्रणमा लिन १५ राउण्ड हवाई फायर गरेको थियो । दोहोरो झडपमा प्रहरीको गोली लागेर स्थानीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ । आज बिहानैदेखि प्रदर्शनकारीहरु समुह–समुह बनाएर सडकमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ ।

आज पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ भने प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्जदेखि अश्रुग्यास प्रहार गरेको छ ।प्रदर्शनकारीले बसपार्कमा रहेको पुलिस बिट जलाइदिएका छन् । अहिले कृष्णनगरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

लक्ष्मीको मूर्ती विर्सजन गर्न बनाइएको बाटो छाडेर अर्को बाटो प्रयोग गरेको निहुँमा विवाद बढेको प्रहरीले जनाएको छ । यसैबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले कर्फ्यू आदेश जारी गरेको छ ।

कृष्णनगर भन्सारको उत्तरतर्फ सातसय मिटर, पश्चिमतर्फ सातसय मिटर र पूर्वतर्फ तीन सय मिटर भित्र विहीबार ११ बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फयू आदेश जारी भएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top