तत्कालीन आईजीपी, डीआईजी र सरकारी वकिलको बयानः रौतहटमा विस्फोट भएकै हो

१५ कात्तिक ७६, शुक्रबार
Share this
727shares

१४ कार्तिक, काठमाडौं । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको स्वीकारेका छन् ।

Advertisement

विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्द आफताब आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला उनीहरुले नै रौतहट प्रहरीको अनुसन्धान टोलीलाई बयान दिने क्रममा त्यतिबेला बम विस्फोट भएको बताएका हुन् ।

तत्कालिन आईजीपी राणा र एआईजीबाट अवकाश प्राप्त गौतमले रौतहटको राजपुरमा बम विस्फोट भएको जानकारी त्यतिबेला रौटहट प्रहरीबाट पाएको स्वीकार गरेका हुन् । बम विस्फोट भएको र इँटाभट्टमा हालेर घाइतेको हत्या गरेको प्रकरणमा आलमलाई पक्राउ गरेर अनुसन्धान गरीरहेको रौतहट प्रहरीले केही दिन अघि राणा र गौतमसँग घरमै गएर बयान लिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहाल र शिव पुरीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top