प्रतिनिधिसभाका सदस्य सांसद राजेन्द्र गौतमको घरमा चोरी

१४ कात्तिक ७६, शुक्रबार

१५ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाका सदस्य सांसद राजेन्द्र गौतमको घरमा चोरी भएको छ ।

संखुवासभाबाट निर्वाचित सांसद गौतमको काठमाडौंस्थित निवासमा बिहीबार दिउँसै चोरी भएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बिहीबार दिउँसो चोरी भएको सांसद गौतमले जानकारी दिएका छन् ।

आफु बस्ने गरेको घर सूचना आयोगको कार्यालयको ठीक अगाडि रहेपनि त्यहाँ सिसिटीभी भए नभएको जानकारी नभएको उनले बताए । आफू सिंहदरबार गएको र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद र गरगहना चोरिएको उनले बताए ।

दिउँसो करिब दुईदेखि चार बजेको बीचमा चोरी भएको हुनसक्ने भन्दै गौतमले गरगहना र नगद गरी करिब तीन लाख जतिको चोरी भएको बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र तीनकुने प्रहरी वृत्तबाट आएको टोलीले घटनास्थलको अनुसन्धान गरे पनि चोरीमा संलग्न कसैलाई पनि पक्राउ परेको खबर नआएको उनले बताए । गौतम नेकपाका केन्द्रीय सदस्य एवं प्रेस संगठनको इञ्चार्ज हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top