न्युजिल्यान्डविरुद्धको खेलमा इंग्ल्यान्डको सहज जित

१४ कात्तिक ७६, शुक्रबार

१५ कार्तिक, एजेन्सी । न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा पाहुना टोली इंग्ल्यान्डले सहज जित हात पारेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाँच टि ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको हो ।

न्युजिल्यान्डले दिएको १ सय ५४ रनको लक्ष्य इंग्ल्यान्डले १८ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । इंग्ल्यान्डको जितमा जेम्स भिन्सले ३८ बलमा ७ चौका र २ छक्काको मद्दतमा ५९ रन जोड्दै प्लेयर्स अफ द म्याच चुनिए ।

ओपनर जोनी बेयस्र्टाे २८ बलमा ५ चौका र १ छक्का सहित ३५ र डेविड मिलान ११ रनमा आउट भए । कप्तान इओन मोर्गन २१ बलमा ४ चौका र १ छक्का सहित ३४ र विकेटकीपर साम विलिङ्गस १४ रनमा अविजित रहे । न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनरले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निधारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५३ रन जोडेको थियो । ओपनर मार्टिन गुप्टिल २ र कोलिन मुनरो २१ रनमा आउट भएका थिए । विकेटकीपर टिम सेफर्ट ३२, कोलिन डी ग्राण्डहोम १९ रनमा क्याच आउट भए ।

रोश टेलरले ३५ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ४४ रन जोड्दा डर्याल मिचेलले ३० रनको योगदान दिए । इंग्ल्यान्डका क्रिस जद्र्रान २, साम करन, आदिल राशिद र प्याट्रिक ब्राउनले समान १ विकेट हात पारे । दोस्रो टि ट्वान्टी खेल आइतबार हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top