उपनिर्वाचनको उम्मेदवार चयन गर्ने जिम्मा कांग्रेस पदाधिकारीलाई

१४ कात्तिक ७६, शुक्रबार

१५ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टीका पदाधिकारीलाई दिएको छ ।

शुक्रबार पार्र्टी कन्द्रिय कार्यालय सानेपामा आयोजित पार्टी केन्द्रिय कार्य समिति बैठकले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको उम्मेदवारी चयन गर्ने जिम्मेवारी पार्टीका पदाधिकारीलाई दिने निर्णय गरेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासहितको पदाधिकारीलाई उपनिर्वाचनको उम्मेदवार चयनको जिम्मेवारी बैठकले दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले संसदीय बोर्ड नभएकाले पार्टीको विधान बमोजिम सो काम गर्ने जिम्मेवारी पार्टीको पदाधिकारी बैठकलाई दिने निर्णय गर्नु परेको पनि स्पष्ट पारे ।

नेपाली कांग्रेसले पार्टी संसदीय बोर्डमार्फत निर्वाचनको उम्मेदवार चयन गर्दै आएको थियो । तर हाल सो बोर्ड नरहेपछि त्यसको जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिने निर्णय गरेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top