×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

नेपालमा उत्तर कोरियाली लगानीः विभागमा ९ वटा दर्ता, फिल्डमा छैनन् उद्योग

१५ कार्तिक २०७६

१५ कात्तिक, काठमाडौँ ।
नेपालमा उत्तर कोरियाको लगानी आउन नदिन सरकारले पहल गरेपनि चासो देखाइएको छैन । नेपालमा लगानी प्रतिबद्धता जनाएका ९ वटा उत्तर कोरियाली कम्पनीलाई लगानी नल्याउन उद्योग विभागले ३ पटक पत्र काटेपनि लगानी नआउने निश्चित भइसकेको छैन । नेपालमा लगानी प्रतिवद्धता जनाएका ९ वटा कम्पनी उत्तर कोरियाली कम्पनी मध्ये २ वटाले राष्ट्र बैंकबाट स्वीकृति लिएका छन् ।

उद्योग विभागका निर्देशक प्रेम लुइटेलले उत्तर कोरियाको लगानीमा तनहुँमा रहेको ‘ने कोरिया हस्पिटल’ प्रालि कोरियनले स्थानीयलाई नै बिक्री गरेको र ठमेलमा सञ्चालित २ वटा रेष्टुरेन्ट एन्ड बार बन्द गर्ने प्रक्रियामा रहेको जानकारी दिए ।

Advertisement

उनले भने–उद्योग विभाग कम्पनी दर्ता छ, तर फिल्डमा उद्योग नै छैन ।’ विभागलाई जानकारी नै नगरार्इ हिडेको वा उद्योग नै सञ्चान नभएको हो भनेर बुझिरहेको बताए । राष्ट्र बैंकमा गएर बुझ्दा उत्तर कोरियाली लगानी नेपालमा आएको देखिदैन–उनले भने ।

हिमालयन सोज रेष्टुरेन्ट एन्ड बार र हिमाल चिलबी सफ्टवयेर डेभलमेण्ट कम्पनीले मात्रै लगानी ल्याउन स्वीकृति लिएको राष्ट्र बैंक श्रोतले जनाएको छ । हिमालयनले १ करोड नेपाली रुपैयाँ र हिमालले १ करोड ५० लाख लगानी ल्याउन अनुमति लिएका थिए । बाँकी ७ वटा कम्पनीले नेपालमा लगानी गर्न स्वीकृती लिएका छैनन् । अहिलेसम्म नेपालमा उत्तरी कोरियाली लगानी आइसकेको छैन । यधपी सरकारले लगानी आउनै नदिने प्रक्रिया अघि बढाएको हो । विभागले साउन २४, भदौ ३१ र असोज २९ गते लगानी नगर्ने बारे जानकारी गराउन पत्राचार गरेको थियो ।

उद्योग विभागमा ९ उत्तर कोरियाली कम्पनी दर्ता
उद्योग विभागको तथ्याङ्क अनुसार नेपालमा पर्यटन, सूचना प्रविधि र सेवामूलक क्षेत्रमा गरी ९ वटा उद्योगमा उत्तर कोरियाली कम्पनीहरु सञ्चालनमा रहेको देखिन्छ । उत्तर कोरियाको लगानीमा नेपालमा २३ करोड ८८ लाख १९ हजार चुक्ता पुँजी भएको उद्योग प्रतिष्ठान दर्ता भएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । उत्तरी कोरियाली लगानी रहेका ९ वटा कम्पनीहरुमा ३ सय ४६ जनालाई रोजगारी दिइएको बताइन्छ ।

विभागका अनुसार उत्तर कोरियाले राजधानी काठमाडौंमा नै धेरै लगानी गरेको छ । ९ वटा कम्पनी मध्ये ७ वटा काठमाडौं र ललितपुर तथा तनहुँमा एक–एक वटा सेवामूलक कम्पनी सञ्चालनमा छन् ।

विभागको तथ्याङले काठमाडौंमा नै २ वटा सफ्टवयेर डेभलमेण्ट कम्पनीमा ११ करोड ५० लाख लगानी गरेको देखाउँछ । ६ वटा होटल तथा रेष्टुरेण्टमा ७ करोड ९० लाख लगानी छ । तनहुँमा ‘ने कोरिया हस्पिटल’ प्रालि ४ करोड ४८ लाख १९ हजार चुक्ता पुँजीमा संचालन भएको देखिन्छ ।

उद्योग विभाग विभागको कानून शाखाका निर्देशक टंकबहादुर महतले उत्तर कोरियाको लगानी फिर्ता हुन समय लाग्ने बताए । उनले भने-‘ हामीले ४५ दिनको समय दिएका छौँ, तर कानुनी प्रकिया पूरा गर्न ४ देखि ५ महिना लाग्छ ।’ (विकास न्युजबाट)

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top