छोराको कुटाइबाट आमाको मृत्यु

१५ कात्तिक ७६, शनिबार

१६ कार्तिक, कपिलवस्तु । कपिलवस्तु नगरपालिका ८ को पश्चिम दोहनीमा छोराको कुटाइबाट आमाको ज्यान गएको छ । छोरा सुरेन्द्र कुर्मीले कुटपिट गरी ५५ वर्षीया आमा फूलमतीको हत्या गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताए ।

Advertisement

सुरेन्द्रले मदिरा सेवन गरी शनिबार राति घरमा आगो लगाउँदै आमाको कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । मृतक फूलमतीको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल कपिलवस्तु पठाइएको छ । छोरा सुरेन्द्र फरार छन्, उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

सगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top