राष्ट्रपति र उपराष्ट्रपतिद्धारा कमलपोखरीमा छठ पूजा

१६ कात्तिक, काठमाडौँ ।
राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गरेकी हुन् । त्यस अवसरमा उनले कमलपोखरी छठ पर्व आयोजक समितिमा रहेर उल्लेख्य योगदान पु¥याएर नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गरेकी थिइन्।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह कमलपोखरी पुगेर छठी माईको पूजा आराधना गरेका छन् । त्यस अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलगायतको पनि उपस्थिति रहेको थियो । काठमाडौंको कमल पोखरीमा विगत नौं वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ ।

Advertisement

यसै अवसर पारेर सर्वसाधारणले पनि कमल पोखरीमा शनिबार छठ पर्वको मुख्य दिन सूर्यको आराधना, उपासना र पूजा गरी हर्षोउल्लासका साथ मनाई रहेका छन । छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म काठमाडौं उपत्यकासहित तराईका विभिन्न जिल्लाहरुमा विशेष गरी रौनकताका साथ मनाईन्छ । छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने भोली उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न गरिन्छ । छठ पर्वमा सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता पनि रही आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top