प्रदुषण जाँचपास नभएका सवारी काठमाडौंमा निषेध

१४ फागुन ७४, मंगलबार

काठमाडौं, फागुन १५
सरकारले बैशाखदेखि प्रदुषण जाँचपास नभएका सवारी साधनलाई काठमाडौं महानगरपालिका भित्र प्रवेश गर्न रोक लगाउने भएको छ ।

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकर नलिएका कुनै पनि सवारी साधनलाई बैशाखबाट महानगर र उपमहानगरपालिकामा प्रवेश गर्न नदिइने घोषणा गरेका हुन् ।

उनले हरियो स्टिकर टाँसेको सवारी साधन पुनः प्रदुषण जाँचपास नभए सो स्टिकर वितरण गर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए । मन्त्री पण्डितले ४७ प्रतिशत भन्दा बढि हरियो स्टिकर लिएका सवारी साधन समेत प्रदुषण जाँच गर्दा फेल हुने गरेको आफूले जानकारी पाएको उल्लेख गर्दै त्यसो गर्ने कर्मचारीको पहिचान गर्ने पनि स्पष्ट पारे ।

Advertisement

आज भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सफा, सुन्दर र स्वस्थ बन्ने आम नागरिकको अधिकारलाई आफूले स्थापित गरेरै छाडने प्रतिवद्धता पनि व्यक्त गरे । एक फरक प्रसंगमा मन्त्री पण्डितले संघीय समाजवादी फोरम, नेपाल पनि छिट्टै सरकारमा सहभागी हुने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top