महराको थुनछेक बहस सकियो, केहीबेरमा अदालतले फैसला सुनाउने

१८ कार्तिक, काठमाडौं । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ ।

Advertisement

महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे जिल्ला अदालत काठमाडौंमा आइतबार बहस सुरू भएको थियो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज चार जना सरकारी वकिलले बहस गरेका थिए।

काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल र हरि रेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सृजना ढकालले पीडितको पक्षबाट बहस गरे। जबरजस्ती करणी फौजदारी मुद्दा भएकाले सरकार पीडितको पक्षबाट मुद्दा लड्छ ।

Advertisement

महराका पक्षबाट वरिष्ठ अधिवक्ता लव मैनाली, पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठलगायतले बहस गरेको जिल्ला अदालतका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। ‘अब केहीबेरमा आदेश हुन्छ,’ उनले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top