×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

को हुन प्रदेश १ का प्रमुख प्यासी ? यस्तो छ शिक्षकदेखि प्रदेश प्रमुखसम्मको यात्रा

१९ कार्तिक २०७६

१९ कात्तिक, पोखरा ।
कास्कीका कम्युनिष्ट नेता सोमनाथ अधिकारी (प्यासी) प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त भएका छन् । नेपालको वामपन्थी आन्दोलनमा लामो समय सङ्घर्ष गरेका प्यासी शिक्षक हुँदै प्रदेश प्रमुखसम्मको जिम्मेवारीमा पुगेका हुन् ।

विसं २०१८ मा पोखराको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दाखेरी बालसङ्गठनको सभापति चुनिएका प्यासी त्यसयताको झण्डै छ दशकको सङ्घर्षपछि प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । पिता लीलाधर र माता सावित्रीको कोखबाट मध्यमवर्गीय किसान परिवारमा विसं २००७ मा जन्मिएका उनी बाल्यकालदेखिनै शोषक, सामन्त तथा समाजमा हुने थिचोमिचो र अन्यायका विरुद्ध उभिए ।

Advertisement
Advertisement

जीवनको लामो कालखण्ड सामाजिक परिर्वतन तथा कम्युनिष्ट राजनीतिमा व्यतित गरेका उनमा बाल्यकालदेखि नै राजनीतिक चेतना विकास भएको थियो । सभापति बनेसँगै भाषण गर्ने, गीत गाउने तथा जनताका पीडालाई गीत–सङ्गीतका माध्यमबाट समेत उनले उजागार गर्न थाले । विन्ध्यावासिनीमा शिक्षण पेशा गर्ने पण्डित मुक्तिनाथबाट प्रभावित भएर अधिकारीले जनतालाई थिचोमिचो गर्ने जाली–फटाहाको विरुद्धमा लाग्नुपर्दछ भन्ने थप प्रेरणा प्राप्त गरेका थिए ।

विन्ध्यवासिनीमा पढ्दा त्यहीकै एक जमीनदारले विद्यालयको जमीन मिचेर पर्खाल लगाउन थालेपछि अधिकारीले सो पर्खाल भत्काउने कार्यको नेतृत्व गरे । त्यस घटनामा उनलाई मुद्दा हालियो । तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्लको निवासमा विद्यालयको जमीन मिच्नेका विरुद्धमा डटेर आफ्ना कुरा राखेपछि अधिकारीको भनाइबाट अञ्चलाधीशसमेत प्रभावित भएर ठीक छ भनेपछि उनी त्यहाँबाट फर्किएको उनले स्मरण गरे ।

अधिकारीले भने, “मैलै जसरी विद्यालयको जमीन मिचेर पर्खाल लगाउने कार्यको विरोधमा नेतृत्व गरेँ त्यसमा सफल भएपछि मलाई जहिले पनि अन्याय, अत्याचारका विरुद्ध लाग्नुपर्दछ भन्ने साहस पैदा भयो ।” अधिकारीले विसं २०२४ मा कक्षा १० परीक्षा पास भएलगत्तै कास्कीको ढिकुरपोखरीस्थित धारापानी माविमा शिक्षण शुरु गरेका थिए । त्यति नै बेला पुष्पकमल सुवेदी, मोदनाथ रेग्मी, दामोदर रेग्मीलगायतसँग सम्पर्क भएपछि उनले माक्र्सवादी अध्ययन दलमा आवद्ध भएर कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

विसं २०२८ मा पृथ्वीनारायण क्याम्पसमा अध्ययनका लागि भर्ना हुनुभएका अधिकारी प्रगतिशील प्यानलबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भए । पृथ्वीनारायण क्याम्पसबाटै अधिकारीले राजनीतिक शास्त्रमा प्रवीणता प्रमाणपत्र तह र अङ्ग्रेजी विषयमा बीएडसम्मको अध्ययन गरे । अधिकारीले विसं २०३१ मा म्याग्दीको दरवाङ्ग, दोभाका जनप्रिय मावि र भानु निमावि, विसं २०३९ देखि २०४१ सम्म नवलपरासीको कोल्छवा माविमा शिक्षण गर्दै राजनीतिलाई निरन्तरता दिएका थिए ।

“स्ववियु सभापति बनेबाट आफ्नो वर्गीय राजनीति शुरु भएको, जेलनेल र गिरफ्तारीको क्रम शुरु भयो”, अधिकारीले सम्झिए । राधिकापुरको बाटो भारतले बन्द गर्दा त्यसको विरुद्धमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । यसकार्यमा उनले सबै पञ्चलाई समेत विश्वासमा लिन सफल भए । अधिकारीले लिएको विचारप्रति सहमत नभए पनि उनको देशभक्तिपूर्ण राजनीतिप्रति भने पञ्चसमेत प्रभावित भए ।

कम्युनिष्ट पार्टीमा आवद्ध भएपछि उनले गाउँगाउँमा जनतालाई पञ्चायती शासन व्यवस्थाका विरुद्धमा जागरुक बनाउँदै वर्गीय आचरणअनुसार जाली–फटाहाका तमसुक च्यात्ने काममा सक्रियता देखाउँदै आफूलाई शोषित, पीडित जनताको पक्षमा समर्पित गरे । रासससँग कुरा गर्दै उजले परिर्वतनका पक्षमा आफूलाई उभ्याउँदै गर्दा अनेकौँ पीडा र यातना तथा पाँच वर्ष जति जेल जीवन व्यतित गरेर ६० पटकभन्दा बढी गिरफ्तार भएको तथा एकै दिनमा तीन पटकसम्म प्रहरीले पक्राउ गरेको विगतको स्मरण गरे । पार्टीका नेताका बारेमा सूचना पाउन प्रहरीले उनलाई नङमा किला घोच्ने, पैतालामा पिट्ने, अनेक मनोवैज्ञानिक त्रास देखाउँदासमेत अधिकारी कहिल्यै विचललित भएनन् ।

जोमसोममा प्रहरीले बयानका क्रममा बोरामा बाँधेर काली नदीमा डुबाउँदासमेत उनले पार्टी र नेतृत्वप्रति विश्वासघात गरेनन् । विसं २०२५ मा नेकपा माकर््सवादी लेलिनवादी क्रान्तिकारी कम्युनिष्ट दल गण्डकी धवलागिरिको संस्थापक सदस्य, विसं २०२९÷३० मा कास्की सचिव, विसं २०३५ मा पृथ्वीनाराण क्याम्पसमा पुनः स्ववियु सभापति, अनेरास्ववियुको पश्चिमाञ्चल क्षेत्रीय कमिटीको अध्यक्ष, केन्द्रीय कमिटीको उपाध्यक्षलगायतका जिम्मेवारी उनले पूरा गरे।

Advertisement

विसं २०४३ मा लोकप्रिय मतका साथ उनी कास्कीबाट राष्ट्रिय पञ्चायतको सदस्य तथा २०४८ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । विसं २०५२, २०५४, २०५६ तथा २०६० मा अधिकारी नेकपा (एमाले) कास्कीको सचिव चुनिए । विसं २०६४ मा पार्टीको केन्द्रीय लेखा आयोगको सदस्य तथा विसं २०६८ मा केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा निर्वाचित भएका प्रदेश प्रमुख अधिकारी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपाको स्थायी कमिटी सदस्य भए ।रासस

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top