मर्निङ वाक गएकी १५ वर्षिया सपना बेपत्ता, अपहरणको आशंका

१९ कात्तिक ७६, बुधबार

२० कात्तिक, कञ्चनपुर ।
कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी एक किशोरी दुई दिनदेखि बेपत्ता भएकी छिन् ।

Advertisement

मंगलबार बिहान मर्निङ वाक गएकी १५ वर्षिया सपना पाल बेपत्ता भएकी हुन् । परिवारले उनको अपहरण भएको आशंका गरेको छ । प्रहरीका अनुसार बिहान वाकमा गएकी सपना नफर्केपछि आफन्तले खोजीका लागि निवेदन दिएका छन्। उनीहरुले मंगलबार दिउँसै अस्थायी प्रहरी बिट चम्फापुरमा निवेदन दिएका हुन्।

सोमबार साँझ सपनाले आमा ममताको मोबाइलमा आफूलाई अपहरण गरी बाँधेर राखेको र छिट्टै छुटाउन भन्दै म्यासेज गरेकी थिइन्। सोही म्यासेजका आधारमा उनको अपहराण भएको आशंका गरिएको छ। ‘घरको दोस्रो तलामा बाँधेको छ, कहाँ हो भन्ने थाहा छैन,’ सपनाले गरेको म्यासेजको ब्योहोरा बताउँदै ममताले भनिन्, ‘कहिले पुरुष आउँछ, कहिले महिला आउँछिन्, मलाइ छिट्टै छुटाएर लैजानुस।’

Advertisement

उनका अनुसार मंगलबार बिहान सपना हरेक दिन झैं साढे ५ बजे घरबाट निस्केकी थिइन्। प्रहरीले म्यासेज आएको मोबाइलको अन्तिम लाकेसन कैलालीको अत्तरिमा देखिएको जनाएको छ। सोही अनुसार मंगलबार रातभरी अत्तरियमा खोजी गरिएपनि कुनै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक कृष्णदेव भट्टले बताए।

उनले किशोरीको अपहरण वा बेपत्ता के हो भन्न सकिने अवस्था नरहेको बताए। उनको खोजी कार्य चलिरहेको भट्टले बताए। उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खोजी कार्य गरिरहेको बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top