Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण (फोटो फिचरसहित)

प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण (फोटो फिचरसहित)

२० कात्तिक, विराटनगर ।
नवनियुक्त १ नम्बर प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विराटनगरस्थित प्रदेश कार्यालयमा साँझ आफ्नो पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख अधिकारीलाई प्रदेश सरकारका मन्त्रीहरु संघीय सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए । उनलाई कार्यालय परिसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण समेत गरेको थियो ।

कार्यकक्षमा प्रबेश गरेर जिम्मेवारी वहन गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेश प्रमुख प्रसाईले संविधानले दिएको जिम्मेवारी निष्ठा पूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए । उनले प्रदेशको विकासका लागि दलहरु र सबैको सुझाबबाट अघि बढ्ने भनाई राखे ।

मंगलबार राष्ट्रपतिबाट सपथ लिएका प्रदेश प्रमुख अधिकारी बुधबार विराटनगरस्थित कार्यालयको कार्यकक्षमा उपस्थित भएका हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.