विराटनगर, फागुन १६
विराटनगरमा बिहिबार विभिन्न संघ संस्था तथा युवा सञ्जालहरुको आयोजनामा होलि विषेश कार्यक्रम हुने भएको छ ।
विराटनगर ट्राफिक चोक स्थित क्रिएटीभ आइको मुख्य आयोजन, विराटनगर जुनियर जेसिस तथा विराटनगरका विभिन्न संघ संस्था र युवा सञ्जालहरुको सहकार्यमा बिहिबार दिउँसो २ बजेदेखी होलि विषेश कार्यक्रम हुने भएको हो ।
विराटनगर जुनियर जेसिस, विराटनगर युथ भिजन, विइङ नेपाली, हामी युवालगायतका संघ संस्थाहरुले एकै थलोमा होलि सौहार्दपूर्ण वातावरणमा बनाउन लागेका हुन् ।
सो अबसरमा विभिन्न सांगितिक कार्यक्रम, खानाका विभिन्न परिकारहरुको स्टल, विभिन्न खेलहरुसमेत खेलाइने नेपाल राष्ट्रिय जुनियर जेसिसका संयोजक अविनाश थापाले जानकारी दिए ।