पाँच नेपाली खेलाडीलाई पाकिस्तान सुपर लिगको ड्राफ्टमा राख्न क्यानको प्रस्ताव

२१ कात्तिक ७६, शुक्रबार

२२ कार्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसीमार्फत पाँच नेपाली खेलाडीलाई पाकिस्तानको घरेलु टी-२० लिग पीएसएलको ड्राफ्टमा राख्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको छ ।

करण केसी, पवन सर्राफ, ललितनारायण राजभण्डारी, आरिफ शेख र बिनोद भण्डारीको नाम क्यानले प्रस्ताव गरेको हो । आईसीसीले अब क्यानले प्रस्ताव गरेको पाँच खेलाडीलाई पीएलएलको ड्राफ्टमा राख्न कोशिश गर्नेछ ।

क्यानका अनुसार २०२० को पीएसएलका लागि नेपाली खेलाडीलाई समेत ड्राफ्टमा राख्न आईसीसीमार्फत प्रस्ताव अघि बढाएको हो । क्यानले तीव्र गतिका बलर सोमपाल कामी, अविनाश बोहरा, पूर्व कप्तान पारस खड्का लगायतको नाम भने पठाएको छैन ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पीएसएल सञ्चालन गर्दै आएको छ । पीएसएलको पाँचौ सिजन अब सन् २०२० मा हुनेछ र यो प्रतियोगिता पाकिस्तानमा नै गर्ने भनेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसअघि नै बताइसकेका छन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top