उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो

२१ कात्तिक ७६, शुक्रबार

२२ कात्तिक, मुस्ताङ ।

 उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए ।

चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । डाँडाहरुमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई÷तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ ।

चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् । चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन् । पोखरा, काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् ।

घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन् । उनीहरुले घुम्ती व्यापार पनि गर्छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top