रूपज्योतिले आज अदालतमा आफैं बहस गर्ने

२३ कात्तिक ७६, आइतबार

२४ कार्तिक, काठमाडौं । ठगीको उजुरीपछि पक्राउ परेका ज्योति ग्रुपका रूपज्योतिले आइतबार अदालतमा आफैं बहस गर्ने तयारी गरेका छन् ।

उनीमाथि हिरासतमै राखेर अनुसन्धान गर्न शुक्रबार काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद दिएको थियो । उक्त म्याद आज सकिँदैछ । फेरि म्याद थपको लागि रूपज्योतिलाई अदालत लगिने काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए । म्याथ थप गर्नुपर्ने वा नपर्ने भन्ने बहस आफैंले गर्ने तयारी रूपज्योतिले गरिरहेको उनका वकिल अरूण उप्रेतीले जानकारी दिए । ठगी मुद्दामा पूर्वअर्थ राज्यमन्त्रीसमेत रहेका रूपज्योति र उनकी छोरी सुरूचिलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।

विजेन्द्रकृष्ण मल्लले उनीविरूद्ध १ करोड ३६ लाख ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका छन् । काठमाडौं महानगरपालिका(३ बाँसबारीस्थित ल्यान्डमार्क डेभलपर्स प्रा.लि. र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौता भएको थियो। सम्झौतामा ६ आना ३ दाम २.१६ पैसाको जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने उल्लेख थियो। सम्झौताबमोजिम मल्लले ल्यान्डमार्कलाई अग्रिम एक करोड ३६ लाख रुपैयाँ दिएका थिए।

घर बनाएर हस्तान्तरण गर्दा मल्लले २ करोड १४ लाख १९ हजार ७५० रुपैयाँ बुझाउनुपर्ने सम्झौतामा थियो। सम्झौता कार्यान्वयन गर्दै ल्यान्डमार्कले एउटा हाउजिङ कम्पनीलाई कामको जिम्मा दियो। बाँसबारीकै सिई कन्स्ट्रक्सन कम्पनीले उक्त जग्गामा घर बनाउने भयो। सिई कन्स्ट्रक्सन सञ्चालक शम्भु फुयाँल हुन्।

ल्यान्डमार्क कम्पनीमा ज्योति एन्ड ग्रुप स्याकार कम्पनीको साझेदारी छ। त्यसहिसाबले ल्यान्डमार्कबाट हुने कारोबारको एउटा जिम्मेवार सदस्य ज्योति एन्डका रूपज्योति थिए। उनै रूपज्योति सो जग्गामा घर नबनाई मल्लको एक करोड ३६ लाख पैसा ‘पचाएको’ आरोपमा अहिले पक्राउ परेका छन्। बिहीबार पक्राउ परेका उनीसहित छोरी सुरूची ज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी मुद्दामा अनुसन्धान थालेको छ।

परिसरका अनुसार २०७१ सालमा सम्झौता भए पनि लामो समयसम्म मल्लले न घर पाए, न पैसा फिर्ता। ल्यान्डमार्कसँग लामो समय यसबारे विवाद भएपछि मल्लले २०७५ मंसिर १६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए। प्रहरीले उनको जाहेरी कार्यान्वयनमा ल्याउँदै रूपज्योतिलाई पक्राउ गर्न अदालतबाट आदेश लियो।

जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते ज्योतिका नाममा पक्राउ पूर्जी जारी गर्न अनुमति दियो। जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी खारेज गर्न माग गर्दै रूपज्योति मंसिर २५ गते सर्वोच्च अदालत गए।

सोही मुद्दाको फैसला गर्दै यही कात्तिक १८ गते प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले रूपज्योतिको माग दाबी नपुग्ने भन्दै रिट खारेज गरिदिएको थियो। अदालतले रिट खारेज गरिदिएपछि मल्ल बिहीबार परिसरमा पूरक निवेदन दिन पुगेका थिए। मल्लको पूरक निवेदन पाएपछि सिंगापुरबाट सिल्क एयरमा आएका रूपज्योतिलाई बिहिबार बेलुका ८ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लनासाथ पक्राउ गर्‍यो।

अग्रिमबापत् बुझाइएको पैसा सिई कन्स्ट्रक्सन सञ्चालक फुयाँलको कम्पनीले बुझेको ल्यान्डमार्कको भनाइ छ। सिई कन्सट्रक्सनका नामबाट एक वर्षअघिसम्म ल्यान्डमार्कको हाउजिङ खरिदका लागि एक करोड ३६ लाख बुझाएको मल्लको दाबी छ। पैसा बुझाइसकेपछि मालपोत कार्यालयमा गएर बुझ्दा आफूले पाउने भनेको घरजग्गा ल्यान्डमार्कबाट २०७४ साल कात्तिक २४ गते रूपज्योतिकै छोरीलगायतको नाममा भएको क्वालिटी डेभलपर्सको नाममा हस्तान्तरण भइसकेको थाहा पाएको भन्दै मल्ल कानुनी प्रक्रियामा गएका थिए।

तर, ल्यान्डमार्कका साझेदार ज्योतिले भने सिई कन्ट्रक्सनले नै सबै भुक्तानी लिएको र उसैमार्फत जग्गा वा पैसा असुल गराउनु पर्ने बताउँदै आएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार एक करोड ३६ लाख रुपैयाँ ठगी मुद्दामा ज्योति बाबु(छोरीसहित नौ जना प्रतिवादी छन्। प्रहरीले अन्य प्रतिवादीबारे जानकारी दिन मानेको छैन।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top