विराटनगरकी बास्तोला मिस नेपालको अन्तिम पच्चिसमा

२० फागुन ७४, आइतबार
Share this
716shares

विरानटगर, फागुन २०
द हिडेन ट्रेजररले आयोजना गर्ने मिस नेपालको २३ औं संस्करणमा विराटनगरकी अनुपमा बाँस्तोला अन्तिम २५ मा छनौट हुन सफल भएकी छिन् ।

Advertisement

देश तथा विदेशमा बस्ने २ सय ३१ प्रतिष्पर्धिहरु मध्येबाट बाँस्तोला अन्तिम २५ मा पर्न सफल भएकी हुन् । यूवाका क्षेत्रबाट सामाजिक अभियान्ताको छवि बनाएकी बाँस्तोला लामो समयदेखि विभिन्न सचेतनामुलक कार्यक्रमको नेतृत्व समेत गर्दै आएकी छन् ।

समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्छ भन्ने मनोभाव राख्ने बास्तोला हामी यूवा नामक संस्थापक कोषाध्यक्ष हुन् भने उनले लामो समयसम्म यूथ फर ब्लड नामक संस्थामा रहेर स्वय्सेवीका रुपमा जिम्मेवारी वहन गरेकी छिन् ।

Advertisement

सञ्चारमाध्यमको समेत अनुभव बटुलेकी २१ वर्षीया बाँस्तोलाले पत्रकारीता विषयबाट स्नातक गरेकी छिन् । मध्यम वर्गीय परिवारमा जन्मिएकी बाँस्तोलाले विराटनगरका यूवाहरुमाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छिन् ।

सन्. २०१३ मा पूर्वाञ्चल सुपरमोडलको उत्कृष्ट १० मा परेकी बाँस्तोला २०१६ मा देशभरबाट उत्कृष्ट मिस लियोको उपाधी जित्न सफल भएकी थिइन् ।

Advertisement

निरन्तर मोडलिङ पेशामा सक्रिय बाँस्तोला देशविदेशका गरि दर्जनबढी फेशन शोमा हिडिसकेकि छन् । १०१७ मा लियो क्लब अफ विराटनगर इनोभेटिभको अध्यक्ष बनेकी बाँस्तोला मिस नेपाल बन्ने अटोठका साथ अघि बढेकि छिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top