लहान, २० फागुन ः चालू आर्थिक वर्ष २०७४÷७५ को ६ महिनाको अवधिमा सडक दुर्घटनामा परी सिरहामा ३३ जनाको मृत्यु भएको छ भने २४० जना घाइते भएका छन् ।
साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा परी सिरहामा २८ पुरुष, चार महिला र एक बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिए ।
सो अवधिमा १८८ वटा सडक दुर्घटनामा परी १७५ पुरुष, ३८ महिला र २७ बालबालिका घाइते भएका थिए । सबैभन्दा बढी १२० वटा मोटरसाइकल दुर्घटना भएको थियो । सडकमा छाडिने छाडा पशुचौपाया, सडक बिग्रिएको र चालकको लापर्बाहीलगायत कारणले दुर्घटना बढेको प्रहरी निरीक्षक चुँडालले बताए ।
(रासस)