Nepal Times
Nepal Times
3
Shares

एकदिवसीय विश्वकप अन्तर्गत जिम्बावे र नेपाल बिचको खेल सुरु

एकदिवसीय विश्वकप अन्तर्गत जिम्बावे र नेपाल बिचको खेल सुरु

विराटनगर, फागुन २०
आइसीसी एकदिवसीय विश्वकप छनौट अन्तर्गत जिम्बावे र नेपाल बिचको खेल सुरुभएको छ । छनौट अन्तर्गत पहिलो खेलमा नेपाल अहिले आयोजक जिम्बावेसँग भिडिरहेको छ । बुलावायोस्थित क्विन्स स्पोर्ट क्लबमा जारी खेलमा आयोजक जम्बावेले टस जितेर व्याटिङ रोजेको छ ।

यो समाचार तयार पार्दा सम्म पहिलो ओभर समाप्तीमा जिम्बावेले ६ रन जोडेको छ । समूह बीमा रहेका नेपाल र जिम्बावेको खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बाट सुरू भएको हो ।

टेस्ट मान्यता पाएको जिम्बावेसँग एकदिवसीय खेलमा नेपाल पहिलो भिडिरहेको हो । यसअघि नेपालले कुनै पनि टेस्ट राष्ट्रसँग एकदिवसीय क्रिकेट खेलेको थिएन ।

सन् २०१४ को टि–ट्वान्टी विश्वकपमा नेपालले पहिलो पटक बंगलादेशसँग खेलेको थियो । समूह बीमै रहेका अफगानिस्तान र स्कटल्यान्डसँगै समूह एमा रहेका पपुवा न्युगिनी र युएई, आयरल्यान्ड र नेदरल्यान्ड पनि आजै भिड्दै छन् ।

यो प्रतियोगिताबाट फाइनलमा पुगेका दुई टोलीले आउने वर्ष इंग्ल्याण्डमा हुने विश्वकप खेल्ने छन्। नेदरल्याण्ड र एसोसियट राष्ट्रमध्ये उत्कृष्ट ३ टोलीले एक दिवसीय राष्ट्रको मान्यता छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.