आइसिपि निर्माण पनि यसै वर्ष सम्पन्न हुने : परियोजनाको ३० प्रतिशत काम सकियो (फोटो फिचर)

किशोर विश्वकर्मा
विराटनगर, फागुन २०
मोरङको बुधनगरमा भारत सरकारको अर्बैँ लगानिमा निर्माण भईरहेको एकिकृत जाँच पास चौकिको संरचना निर्माणको कार्य अघि बढेसँगै आइसिपि परियोजना निर्माणको काम यसैवर्ष सम्पन्न हुने भएको छ ।

एकिकृत जाँचपास चौकि भारत सरकारकै लगानिमा नेपाल र भारतपट्टि उस्तै संरचना निर्माण गर्नका लागि सन् २०१६ डिसेम्बर २७ मा भारतीय केठेदार कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्रासन प्रा.लि सँग सम्झैता भएको थियो ।

भरत सरकारकै सम्पूर्ण लगानिमा निर्माण भइरहेको एकिकृत जाँचपास चौकी(आइसीपि)का लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराएको छ । दुवै देशबिच भएको सम्झौता अनुसार भारत सरकाले आइसिपि निर्माण गरिदिएर नेपाल सरकालाई हस्तान्तरण गर्ने छ ।

नेपाल सरकारले आइसिपि निर्माणका लागि जग्गा उपलब्ध गराउन मुआब्जा वितरणलगायतका काममा ढिलाई हुँदा आइसिपि निर्माण परियोजनाको काम ढिलो गरि सुरु हुँदा आइसिपि निर्माण परियोजनानै अलपत्र पर्ने हो कि भन्ने चिन्ता पूर्वका उद्योगी व्यवसायीमा परेको थियो ।

आइसिपि निर्माणका लागि आइपरेका विभिन्न समस्या नेपाल सरकारले समाधान गरेर यतिबेला निर्माणकार्य अघि बढेपछि भनेँ यस क्षेत्रका उद्योगी व्यवसायी हौसिएका छन् ।

मोरङको बुधनगर स्थीत भेडियारीमा भारत सरकारले निर्माण गरिदिने एकीकृत जाँचपास चौकि (आइसिपि) का लागि भारतको दिनेशचन्द्र आर अग्रवाल इन्फ्रासन प्रा.लिले ठेक्का लिएर अहिले परियोजानको कामलाइ अघि बढाएको छ ।

अहिले सो कम्पनिले तोकिएको समयसिमा भित्रै परियोजनाको काम सम्पन्न गर्न ‘एप्रोच रोड’, साढे ३ किलोमिटर ‘वाइपास रोड’ निर्माण गरिसकेको छ भने साढे ७ किलोमिटर आन्तरिक रोड निर्माणका लागि माटो पुर्ने काम भइरहेको ठेकेदार कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्रासन प्रा.लिका परियोजना व्यवस्थापक अबधेश साहले जानकारी दिए ।

एकिकृत जाँचपास चौकी (आइसिपि) परियोजना अन्तर्गत यतिबेला आधादर्जन बढी मुख्य भवनका पहिलो तल्ला ढलान, ‘एडमिन विल्डिङ’, ‘डिस्पेन्सरी विल्डिङ’ बनाउने कामहरु भइरहेको परियोजना व्यवस्थापक शाहले जानकारी दिए ।

उनले अब बिजुली पोल समेत अर्डर गरिसकिएकाले आगामी महिनामा बिजुली पोलकान कामहरु गर्न थालिने बताए । परियोजना व्यवस्थापक झाले पेभर व्लक बनाउने मसिन समेत ल्याई सकिएकाले पेभर व्लक अब चाँडै निर्माण कार्य सुरु गरिने बताए ।

उनले आइसिपि परियोजना क्षेत्रको पर्खाल निर्माण लगभग अन्तिम चरणमा रहेको जानकारी दिदै परियोजनाको काम हाल सम्म ३० प्रतिशत भन्दा बढी सकिएको जानकारी दिए । उनले सन् २०१८ भित्रै आइसिपि परियोजना निर्माण सम्पन्न गरिसक्ने बताउदै हाल दैनिक ३ सय कामदारले काम गरिरहेको बताए ।

शहरि विकाश तथा भवन निर्माण विभाग डिभिजन शहरि कार्यालय विराटनगरका अनुसार एकिकृत जाँच पास चौकि आइसिपि निर्माणका लागि १ सय २९ बिघा जग्गा र लिंक रोडका लागि ४० बिघा जमिन अधिग्रहण पश्चात ३० करोड १३ लाख ५४ हजार रुपैयाँ मुआब्जा वितरण गरि आइसिपि निर्माणका लागि भारतलाइ जग्गा हस्तान्तरण गरिएको हो । यतिबेला परियोजनाको काम करीब ३० प्रतिशत बढी भएपछि भने पुर्वका उद्योगि व्यवसायी उत्साहित भएका छन् ।

नेपाल र भारत दुवै तर्फ एउटै स्वरुपको संरचना निर्माण गर्ने योजनासहित ल्याइएको परियोजनाको भारत तर्फ संरचना निर्माण सम्पन्न भएर झण्डै एक वर्ष अघिनै सञ्चालनमा आइसकेकोछ ।

एकिकृत जाच पास चौकि निर्माण सम्पन्न भएपछि, पशु क्वारेन्टाईन, गोदामघर, भन्सार चौकी, लगायत चेक जाँचको काम सवै एकै थलोबाट हुने, विभिन्न वस्तु आयात निर्यातमा समेत सहज हुने र धेरै कुरामा फाईदा पुग्ने उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए ।

भारत सरकारको १ सय १४ करोड भारतीय रुपैयाँको लगानिमा निर्माण भईरहेको एकिकृत भन्सार जाच पास चौकि प्रदेश १ का लागि मात्र नभएर मुलुककै लागि ठुलो परीयोजना भएको सरोकार वालाहरुको दावी छ ।

यो परियोजनाले नेपालको विकासमा ठुलै फाईदा पुग्ने भएकाले एकिकृत जाच पास चौकि निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुनु आवश्यक रहेको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top