×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबरहरु

१ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(प्रधानमन्त्रीको आग्रह)
आफ्नो भूमि एक इन्च पनि कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री केपीशर्मा ओलीको आग्रह /राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको उल्लेख ।

Advertisement
Advertisement

२.(नेविसंघको प्रदर्शन)
भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघद्वारा काठमाण्डौमा सरकार विरुद्ध प्रर्दशन /समयमै उपयुक्त कदम नचाले गम्भीर परिस्थिति श्रृजना हुने चेतावनी ।

३.(ठगलाई कारवाही गरिने)
मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क ठगी नै भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /ठगी सैहृय नहुने भन्दै ठगी गर्नेलाई कारवाही गर्ने र अतिरिक्त शुल्क फिर्ता गराउने उललेख ।

४.(मेडिकल कलेजमा छापा)
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा तीन वटा मेडिकल कलेजमा छापा / नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा कलेज तथा सञ्चालकको सम्पत्ति छानविन सुरु ।

५.(सचिनद्वारा पशुपतिनाथको दर्शन)
नेपाल भ्रमणमा आएका भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरद्वारा पशुपतिनाथ मन्दिरको दर्शन /सचिनको बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत भेटवार्ता ।

६.(सरकारलाई दबाब)
राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु / भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औंल्याउँदै सचेत रहन सरकारलाई दवाव ।

७.(अर्थमन्त्रीको भनाई)
उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /ऋणको चापले मुलुकलाई संकटमा फसाउने हुनाले दीर्घकालीन हितका लागि करसम्बन्धि अलोकप्रिय निर्णय लिनु परेको उल्लेख ।

८.(उद्योगीको गुनासो)
मारमा पार्ने गरी कर नीति लिएको भन्दै उद्योगी, व्यवसायीहरुद्वारा सरकारको चर्को आलोचना /सामान्य खर्च समेत धान्न नसक्ने गरी कर असुली गरेर राज्यले व्यवसायीहरुलाई अप्ठयारोमा पारिरहेको गुनासो ।

९.(सुर्य नेपाललाई सम्मान)
सबै भन्दा बढी कर तिर्ने सुर्य नेपाल प्रालि सम्मानित /कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागद्वारा आयोजित कार्यक्रममा १५ वटा विधा निर्धारण गरी उत्कृष्ट कर दाताहरुलाई सम्मान ।

१०.(कुवेतको थुनामा नेपाली)
कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न संसदीय समितिको सरकारलाई निर्देशन / अवैधानिक ढंगले कुवेत पु¥याउने म्यान पावर कम्पनीमाथि पनि कडा कार्वाही गर्न सरकारलाई सचेत ।

११.(चार करोड बाँकी)
नेपाली सेनाले हवाइ साधन प्रयोग गर्ने विभिन्न सरकारी निकायबाट झन्डै चार करोड रुपैयाँ उठाउन बाँकी / असुल उपर गर्नुपर्ने भनी कायम बेरूजु सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलद्वारा निकायले तिर्न बाँकी रकमबारे प्रतिवेदन तयार ।

१२.(विप्लव कार्यकर्ता पक्राउ)
दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्ता पक्राउ /दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगी र समूहका सेक्सन अध्यक्ष प्रकाश बुढामगर प्रहरी नियन्त्रणमा ।

१३.(अवैद्य हुण्डी कारोवार)
काठमाडौंबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ /३७ लाख पाँच हजार बराबरको विभिन्न बैंकका ६ थान चेक, १ लाख १९ हजार भारु रुपैयाँ, विभिन्न बैंकका ६ थान चेकबुक र मोबाइल बरामद ।

१४.(नेपाल जित विहीन)
यू–१९ च्यालेन्जर एक दिवसिय सिरिजमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल भारतको ‘सी’ सँग फराकिलो अन्तरले पराजित /१ सय ५५ रनले हारेसंगै नेपाल यू१९ च्यालेन्जर सिरिजमा जित बिहीन ।

Advertisement

र,
१५.(राजापाक्षे नयाँ राष्ट्रपति)
शनिबार भएको राष्ट्रपतिको चुनावमा ५४ प्रतिशत बढी मत पाउँदै पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षेका भाइ गोतबाया राजपाक्षे बने श्रीलंकाका नयाँ राष्ट्रपति /राजापाक्षेले सोमबार सपथ लिने ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top