झापा, फागुन २०
पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा पुगेका छन् । पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि झापा पुगेकी हुन् । पूर्व राजा र रानी आइतबार दिउँसो साढे ३ बजे झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल आएपछि उनीहरुको भव्य स्वागत गरिएको थियो ।
विमानस्थलमा पुगेका शाह दम्पितलाई शुभेच्छुक तथा समर्थकहरुले फुलको मालाले स्वागत गरेका थिए । विमानस्थलबाट सोझ पूर्वराजा र रानी दमकस्थित हिमालय टी गार्डेनमा रहेको मिनी दरबार तर्फ लाग्नु भएको थियो ।
पूर्वराजा र रानी झण्डै तीन हप्तासम्म झापामा बस्ने कार्यक्रम रहेको जनाइएको छ । झापा आउनुको कारण भने अहिलेसम्म केही खुल्न नसकेको जनाइएको छ ।