विराटनगर, फागुन २०
आइसीसी विश्वकप छनोट अन्तर्गत नेपाल विरुद्धको खेलमा घरेलु टिम जिम्बावेले ३ सय ८० रन बनाएको छ । क्विन्स स्पोर्टस क्लवमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको जिम्बावेले ५० ओभरको खेलमा आक्रमक व्याटिङ गर्दै ६ विकेटको क्षतिमा नेपाललाई ३ सय ८१ रनको लक्षय दिएको हो ।
जिम्बावेले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि मात्र सात ओभरमा ७७ रनको साझेदारी गरेको थियो । जिम्बावे सामु नेपाली बलरहरु निरिह देखिन्थे ।
शक्ति गौचन, करण केसीलाई बेन्चमा राखेर ललित राजबंशीलाई डेब्यु गराएको नेपालको निर्णय सफल हुन सकेन । जिम्बावेको स्कोर ७७ रन हुदा ओपनर सेफास जुवाओलाई सन्दिप लामीछानेले ब्यक्तिगत ४१ रनमा आउट गरे ।
त्यसपछि जिम्बावेको स्कोर एक सय ८ रन हुदा नेपालका लागि बसन्त रग्मीले हामिल्टन मासाकाजालाई १७ रनमा आउट गरे ।
लगत्तै सोलोमन मिरेलाई बसन्तले ५२ रनमा पेभेलियनको बाटो देखाउदा नेपालले एक सय १३ रनमा ३ विकेट लिन सफल भयो । चौथो विकेटका लागि ब्रान्डन टेलर र क्रेग एरभिनले ७७ रनको साझेदारी गर्दै जिम्बावेको स्कोर दुई सय रन पुर्याएका थिए ।
त्यसपछि चौथो विकेटका लागि सिकन्दर राजा र ब्रान्डन टेलरले १ सय ७३ रनको साझेदारी गर्दै टिमको स्कोर ३ सय ५० रन कटाए । सिकन्दरले एक सय २३ रन बनाए भने ब्रान्डन टेलर एक सय रनमा आउट भए ।
अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले अहिलेसम्म कै धरै रन खान पुग्यो । यसअघि २०१३ मा ब्रमुडामा भएको आइसीसी डिभिजन थ्री मा अमेरीकाले नेपाल विरुद्ध तीन सय ६० रन बनाएको थियो ।
बलिङ तर्फ नेपालका बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिदा सन्दिप र ललितले एक एक विकेट हात पारे ।