थुनामा पठाउने आदेश विरुद्ध महरा उच्च अदालतमा

५ मंसिर, काठमाडौं ।
कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले उच्च अदालत, पाटनमा थुनामा पठाउने आदेशविरुद्ध निवेदन दर्ता गराएका छन् । जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्न माग गर्दै महराले बिहीबार उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

Advertisement

अदालतका सूचना अधिकारी मोहन सुवेदीका अनुसार फौजदारी कार्यविधि संहिता–२०७४ मा रहेको व्यवस्था बमोजिम बिहीबार महराले निवेदन दिएको हुन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा छन् ।

महरालाई १९ असोजमा प्रहरीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top