×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

दिनभरका प्रमुख खबरहरु

५ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(लम्बे प्रक्रिया)
नेपाल भारत तथा नेपाल चीन सीमा निरीक्षण समिति बनाउने मन्त्रिपरिषद् बैठकको निर्णय / कुटनीतिक र राजनीतिक प्रयासबाट सीमा विवाद टुंग्याउने सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाई ।

Advertisement
Advertisement

२.(सपथ र कार्यभार)
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रीपरिषद पुनर्गठन गरेसंगै आज नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुद्वारा पद तथा गोपनियताको सपथ ग्रहण /मन्त्रीहरुद्वारा पदभार ग्रहण ।

३.(ह्रृदयेशको प्रतिबद्धता)
कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने नवनियुक्तसामान्य प्रशासन मन्त्री ह्रृदयेश त्रिपाठीको प्रतिवद्धता /स्थानीय तहमा संस्थागत आर्थिक सुशासन कायम गराउन समेत जोड दिने उल्लेख ।

४.(मन्त्रीका कुरा)
आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालको प्रतिवद्धता /परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रहने ।

५.(हेर्दै जाऔं)
भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढने नवनियुक्त भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङद्वारा प्रतिवद्धता / सडकको दूरावस्थाबारे आफू जानकार रहेकाले सो समस्या समाधान गर्न समस्या नहुने जिकिर ।

६.(बालविवाह विरुद्ध)
बाल विवाह अन्त्य हुने गरी राष्ट्रिय कार्ययोजना बनाउने नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको प्रस्ताव स्विकृत / सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने कार्यक्रमलाई प्राथमिकता दिइने ।

७.(मुअब्जामा राजनीति)
बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा माग गर्दै समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई धर्नामा / शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिने / १० गतेसम्म मुआब्जा निर्धारण नगरे थप आन्दोलन ।

८.(प्रतिपक्षको खबरदारी)
निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा सरकारलाई सचेत / संवैधानिक परिषद ऐन अध्यादेशमार्फत् ल्याउने सरकारको तयारीप्रति आपत्ति ।

९.(न्यायको खोजी)
सरकारसँग न्यायको खोजी गर्दै द्धन्द्ध पीडितहरुद्वारा काठमाडौंमा प्रर्दशन / १३ वर्ष पुग्दा पनि पीडितलाई न्याय दिने काम नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त ।

१०.(एनसेललाई राहत)
दूरसञ्चार कम्पनी एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै कर तिरे पुग्ने / अदालतको फैसलाका कारण ठूला करदाता कार्यालयले गरेको कर निर्धारणमा करिव १८ अर्ब रुपैयाँ छुट ।

११.(सगरमाथा संवाद)
आगामी चैत्रको तेस्रो साता नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने / विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक र विज्ञहरुबीच जलवायु परिवर्तनको संकट समाधानकालागि संवाद हुने ।

१२.(निरन्तरता पाओस्)
राजस्व छली गर्नेविरुद्ध राजस्व अनुसन्धान विभागले आक्रामक अनुसन्धान र कारबाही अघि बढायो / १७ महिनाको अवधिमा १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर ।

१३.(लगानी जुटाऔं)
नेपालमा उर्जा क्षेत्रमा लगानी बढाउनका लागि काठमाडौमा उर्जा सम्मेलन सुरु / सम्मेलनमा क्षेत्रीय विद्युत् व्यापार, बजार, नियमन, वित्तीय व्यवस्थापन, दिगो विकास, लगाायत विषयमाथि छलफल हुने ।

१४.(सागको तालिका)
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत काठमाडौमा आउँदो बुधबारदेखि भलिबलका खेलहरु सञ्चालन हुँदै / साग मंसिर १५ देखी २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुने ।

Advertisement
Advertisement

र,
१५.(अभियोगमाथि सुनुवाई)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको संसदीय समितिमा सार्वजनिक सुनुवाइ जारी / युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेर व्यक्तिगत रुपमा राजनीतिक लाभ लिएको ट्रम्पलाई आरोप ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top