Nepal Times
Nepal Times
3
Shares

तथ्यांक संकलनबाट मन्त्रालयको काम सुरु

तथ्यांक संकलनबाट मन्त्रालयको काम सुरु

विराटनगर, फागुन २०
एक नम्बर प्रदेशको भूमि व्यवस्थान, कृषि तथा सहकारी मन्त्रालयले तथ्यांक संकलनबाट आफ्नो काम सुरु गरेको छ । मन्त्रालयले आज विराटनगरमा परिचयत्मक कार्यक्रम गर्दै सहकारी, कृषि, भूमिलगायतका सरकारी तथा गैरसरकारी संस्थाका सरोकारवालासँग सुझाव संकलन गरेको छ ।

मन्त्रालयका सचिव डा. हरिबहादुर केसीले जनशक्ति र पूर्वाधार अभावले गर्दा काम गर्दा केही असजिलो भए पनि काम सुरु गरेको बताए । क्षेत्रीय पशु सेवा निर्देशनालयमा स्थापना भएको यस मन्त्रालयका लागि रंगरोगन, फर्निचर व्यवस्थापनको काम भइरहेको छ ।

२९ जना कर्मचारी तोकिएकोमध्ये मन्त्रालयले १८ जनाको चिठ्ठी पठाएको छ जसमध्ये १३ जना हाजिर भएको अबस्थामा काम सुरु गरेको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा सहभागी भूमि, कृषि, सहकारी लगायतका विभन्नि कार्यालयका प्रतिनिधिहरुले कानुन अभावमा संघीय र स्थानीय सरकारसँग कसरी समन्वय गर्ने बारेसमेत प्रष्ट नहुदा अन्यौलता देखिएको गुनासो गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.