Nepal Times
Nepal Times
3
Shares

धनकुटा महोत्सव सुरु

धनकुटा महोत्सव सुरु

धनकुटा, फागुन २१
उद्योग बाणिज्य संघ धनकुटाको आयोजनामा ‘कृषि, पर्यटन, स्वास्थ्य, स्वरोजगार, उद्योग र व्यापार, समुन्त प्रदेश नं. १ को आर्थिक विकासको मुल आधार’ भन्ने मूल नाराका साथ आजदेखि धनकुटा महोत्सव सुरु भएको छ ।

प्रदेश नम्बर १ का प्रदेश प्रमुख शेरधन राईले महोत्सवको उदघाटन गर्नुभएको छ । चौथो धनकुटा महोत्सबलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले निजि क्षेत्रलाई प्रदेशको विकास र संबृद्धिका लागि लगानी गर्न प्रोत्साहन गरिने बताए ।

महोत्सव फागुन ३० गतेसम्म धनकुटाको तल्लो टुँडीखेलमा संचालन हुनेछ । महोत्सवमा १ सय २५ वटा प्रर्दशनी र २५ वटा फुड स्टल गरी १ सय ५० वटा स्टल निर्माण गरिएको छ ।

स्टलमा नेपाल एकिकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेस १९ प्रकारका वस्तु, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिवुटी, घरेलु उद्योगवाट उत्पादित वस्तुहरु तथा कला संस्कृति झल्कने कार्यक्रम एवम् वस्तुहरुको प्रदर्शनी रहनेछ ।

महोत्सव अवधिभर करिव १ लाख आन्तरिक तथा वाह्रय पर्यटकहरुले अवलोकन गर्ने र ३ करोड रुपैया भन्दा वढीको आर्थिक कारोवार हुने अनुमान आयोजकको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.