पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै

२१ फागुन ७४, सोमबार
Share this
678shares

काठमाडौँ, फागुन २१
इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै छन् ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र द्विपक्षीय चासोका विषयमा विचारविमर्श गर्नेछन् । साथै उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा आज रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोलि मंगलबार शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top