१० मंसिर, एजेन्सी । अल्बानियामा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प जाँदा चार जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ४ बजे अल्बानियाको राजधानी तिराना भन्दा ३० किलोमिटर पर केन्द्रविन्दु बनाई ६ दशमलव ४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पमा परी चार जनाले ज्यान गुमाए भने १५० भन्दा बढी घाइते भएका छन्। अल्बानियाको गृह मन्त्रालयले दुई पुरूष र महिलाको पुरिएर मृत्यु भएको जानकारी दिएको छ । साथै एक जना आत्तिएर घरबाट हाम्फालेर मृत्यु भएको जनाएको छ ।
भूकम्प मापन केन्द्रले फेरि पपराकम्पन आउन सक्ने भन्दै सुरक्षित रहन सवैलाई आग्रह गरेको छ ।
