रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

१० मंसिर ७६, बुधबार

१० मंसिर,काठमाडौँ ।

रूस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणापत्र समकक्षी रूसी विदेशमन्त्री सेरग्रे लाभ्रोभलाई उनले हस्तान्तरण गरे ।

भेटपछि मस्कोस्थित राजदूतावास र परराष्ट्र मन्त्रालयले जारी गरेको छुट्टाछुट्टै विज्ञप्तिमा ज्ञवालीले रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएको उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको औपचारिक निमन्त्रणापत्र ज्ञवालीले मन्त्री लाभ्रोभलाई हस्तान्तरण गरेका हुन् ।

ज्ञवालीले समकक्षी लाभ्रोभलाई पनि नेपाल भ्रमणको निम्तो दिएका छन् । दुवैले भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । दुवै मन्त्रीले दुई मुलुकबीच न्याय, सांसद र व्यापारसहित उच्चस्तरीय भ्रमण हुनुपर्नेमा जोड दिएका थिए । रूसलाई असल मित्रको संज्ञा दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँका व्यवसायीलाई नेपालमा लगानी गर्न पनि आग्रह गरेका थिए ।

रूसी मन्त्री लाभ्रोभले पनि लामो समयपछि भएको भ्रमण महत्त्वपूर्ण रहेको उल्लेख गरे । भेटका अवसरमा मन्त्री ज्ञवालीले नेपालमा ०७२ सालमा भएको भूकम्पमा रूसी सरकारले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top