लमजुङमा मतदानस्थल नजिकै बम बिस्फोट

१४ मंसिर ७६, शनिबार
Share this
715shares

१४ मंसिर, लमजुङ ।
लमजुङमा मतदानस्थल नजिकै बम बिस्फोट भएको छ ।

Advertisement

सुन्दरबजार नगरपालिका २ को वडाध्यक्षको लागि चुनाव भइरहेको बेला मतदान केन्द्र महेन्द्र मन्दिर मावि नजिकै आज बिहान १० बजे बम बिस्फोट भएको हो ।

बम बिस्फोट भएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले पुष्टि गरेका छन्। यद्यपि कस्तो खालको बम बिस्फोट भएकोबारे खुल्न नसकेको र सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।

Advertisement

स्थानीयका अनुसार मतदान केन्द्रको तल्लो जंगलमा बम बिस्फोट भएको हो। बम बिस्फोट भएपछि मतदान केन्द्रसम्म बारुदको धुँवा आएको स्थानीयसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डेले बताए।

बम मतदान स्थलबाट करिब १ सय मिटर तल पड्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top