×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

१३ औं साग : भुटानमाथि नेपालको कीर्तिमानी जित

१९ मंसिर २०७६

१९ मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गर्दै कीर्तीमानी जित दर्ता गरेको छ । यो अन्तर टि–ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ठूलो जित रहेको थियो ।

बिहीबार टियू क्रिकेट मैदानमा २ सय ३७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भुटान २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाउन सक्यो । भुटानका लागि मिक्यो दोर्जेले २३ बलमा ४ चौका सहित सर्वाधिक २७ रनको योगदान दिए । उनलाई १६ औं ओभरको दोस्रो बलमा पारस खड्काले दीपेन्द्र ऐरीबाट क्याच आउट गराएका थिए । ओपनर तेनजिङले ९, तोब्देन सिन्गे ११, जिग्मी सिन्जे ८ र सोनमले १५ रन जोडे । नेपालका पारस खड्काले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ, ललित नारायण राजवंशी र करण केसीले १–१ विकेट लिए ।

Advertisement
Advertisement

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । यो टि ट्वान्टी क्रिकेटमा नेपालको उच्च योगफल हो । ज्ञानेन्द्र मल्लले ५३ बलमा आफ्नो टि ट्वान्टी आई करिअरको पहिलो शतक गर्दै १ सय ७ रनको शतकीय इनिङ खेले । टि–ट्वान्टी आईमा नेपालको लागि यो दोस्रो शतक हो । यस अघि पारसले सिंगापुरविरुद्ध १ सय ६ अविजित शतकीय इनिङ खेलेका थिए । जुन लक्ष्य पछ्याउँदा टि ट्वान्टीमा शतक प्रहार गर्ने पारस विश्वकै पहिलो कप्तान हुन् ।
१८ औं ओभरको अन्तिम बलमा ठूलो सटको धुनमा क्याच आउट हुनुअघि ज्ञानेन्द्र ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रनमा क्याच आउट भए । दीपेन्द्र सिंह ऐरी २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रनमा नट आउट रहे । ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८.२ ओभरमा १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । जुन साझेदारी पहिलो विकेटका नेपालले टि–ट्वान्टी आईमा उच्च साझेदारी हो ।

नवौं ओभरको दोस्रो बलमा कर्मा दोर्जेले कप्तान जिग्मे सिङ्गेबाट क्याच गराउनु अघि पारसले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रनमा आउट भए । पारसको टि ट्वान्टी आईमा यो चौथो अर्ध शतक हो । ११ ओभरको अन्तिम बलमा कर्माले रोहित कुमार पौडेललाई ६ रनमा क्याच आउट गराए । आरिफ शेख ४ रनमा नट आउट रहे । भुटानका कर्मा दोर्जेले २ विकेट लिए ।

Advertisement

नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा शुक्रवार माल्दिभ्ससँग खेल्ले छ । यसअघि नेपाल श्रीलंकासँग पराजित भएको थियो ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top