चीनसँग कनेक्टिभिटी बढाउन पाकिस्तानका प्रधानमन्त्रीको सुझाव

२३ फागुन ७४, बुधबार
Share this
808shares

 पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् ।

Advertisement

दुईदिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्कनुअघि नागरिकसँग विशेष कुराकानी गर्दै उनले बिआरआईले नेपालका लागि पश्चिम र मध्यएसियामा बजार तथा अवसर खोल्ने बताए।

‘बिआरआई एउटा पुस्तौंपुस्ताको परियोजना हो र यसले सोचाइमै परिवर्तन ल्याउनेवाला छ,’ पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने, ‘सम्पूर्ण दक्षिण एसिया (सार्क) लाई बिआरआईसँग जोड्नु आवश्यक छ, जसले हाम्रा निम्ति पश्चिम र मध्यएसियामा बजार र अवसर खोल्नेछ । यहाँ धेरै ठूलो सम्भावना छ ।’

Advertisement

बिआरआईले नेपालको चीनसँगको व्यापार फराकिलो बनाउने उनले बताए । प्रविधिले विगतमा उपलब्ध नरहेका धेरै समाधान आज दिएको उल्लेख गर्दै उनले पाकिस्तानले चीनबाट लिएजस्तो फाइदा नेपालले पनि लिन सक्ने बताए।, यो खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top