×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

यस्तो रह्यो पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण

२३ फाल्गुन २०७४

पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेर स्वदेश फर्केका छन् । अब्बासीले मंगलबारै ठमेलस्थित सार्क सचिवालय परिसरमा वृक्षरोपण पनि गरेका छन् । सोमबार र मंगलबार १९ घन्टा बसाइका क्रममा भएका सबै भेटवार्तामा उनले चीन–पाकिस्तान इकोनोमिक करिडोरको क्षेत्रीय महत्वको चर्चा गर्न छुटाएनन् । उनले पाकिस्तान आतंकवादसँग जुधिरहेको दलिल पेस गरिरहे । आजको नयाँ पत्रिकामा खबर छ ।

सोमबार उनले प्रधानमन्त्री केपी ओली र सार्क महासचिव सियालसँग भेटघाट गरे । ‘प्रधानमन्त्री अब्बासीले सोमबार र मंगलबार शीर्षस्थ नेतृत्वसँग भेटवार्ताका क्रममा दुईपक्षीय मामिलाबारे मात्र होइन, चीनसँग पाकिस्तानको आर्थिक साझेदारी, सार्कबारे पनि छलफल गरेका छन्,’ पाकिस्तानको समाचार एजेन्सी एपिपी न्युजले मंगलबार समाचारमा उल्लेख गरेको छ । अब्बासीले सबैसँगको भेटमा चीनको सहुलियत ऋणमा निर्माणाधीन चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक)ले यो क्षेत्रकै कायापलट गर्ने दाबी प्रस्तुत गरेका छन् । तर, सिपेकको अनुभव नेपाललाई काम नलाग्ने नेपाली अधिकारीको भनाइ छ ।

Advertisement
Advertisement

सोमबार दुई प्रधानमन्त्रीबीचको वार्तामा सिपेक, चीनले घोषणा गरेको वान बेल्ट वान रोड परियोजनाबारे छलफल भएको छ । नेपालले गत वर्ष ओबिओआरमा सहभागी हुने निर्णय गरेको छ । अब्बासीले सिपेक ओबिओआरको सदृश्य र उल्लेखनीय परियोजना भएको तथा यसले सडकमार्ग, ग्वादर एयरपोर्ट, इकोनोमिक फ्रिजोन, ऊर्जा उत्पादन परियोजनामा जोड दिएको ओलीसँग बताएका थिए ।

अब्बासीले सिपेकका सम्बन्धमा आफ्नो अनुभव र ज्ञान नेपाललाई सेयर गर्न पाकिस्तान सदा तत्पर रहेको पनि उल्लेख गरेका थिए । उनले तुर्कमेनिस्तान–अफगानिस्तान–पाकिस्तान–भारत ग्यास पाइपलाइन परियोजनाबारे पनि प्रधानमन्त्री ओलीलाई बताएका थिए ।

उनले पाकिस्तान–नेपाल व्यापार परिषद्लाई सक्रिय बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पाकिस्तानका विभिन्न क्षेत्रमा लगानीका लागि उनले नेपाली लगानीकर्तालाई आह्वान पनि गरे । पाकिस्तान सन् २०१६ नोभेम्बरमा सार्क सम्मेलन गर्न तयारी अवस्थामा रहेको उल्लेख गरे । प्राथमिकताका आधारमा सम्मेलन चाँडै गर्नुपर्नेमा उनको जोड थियो ।

कास्मिरबारे के चर्चा भयो ?
पाकिस्तानी सरकारी सञ्चारमाध्यमले ओली र अब्बासीबीच सोमबार भएको एक घन्टा लामो वार्तामा भारतशासित कास्मिर र त्यहाँ मानवअधिकार उल्लंघन भनिएको विषयमा छलफल भएको जिकिर गरेको छ । ‘दुई नेताबीच कास्मिर इस्यु तथा भारतशासित जम्मु–कास्मिरमा भएको मानवअधिकार उल्लंघनको विषयमा छलफल भएको छ,’ एपिपीले लेखेको छ । तर, परराष्ट्रका अधिकारीले पाकिस्तानका प्रधानमन्त्रीले विषय उठान गरेको, तर नेपालका तर्फबाट यसमा कुनै जवाफ नदिइएको बताए । ‘कास्मिरका विषयमा हामीले छलफल गरेका होइनौँ, त्यसमा नेपाल मुछिन चाहँदैन,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘शान्तिपूर्ण वार्ता र संवादका माध्यमबाट समस्या समाधान हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ ।’ पाकिस्तानी सञ्चारमाध्यमले प्रचण्डसँगको भेटमा पनि कास्मिरबारे छलफल भएको जनाएको छ ।

राष्ट्रपतिलाई निम्तो
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तामा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले नेपाललाई उच्च महत्व दिएको बताएका थिए । ‘हामी नेपाललाई उच्च महत्व दिन्छौँ, सरकार र जनताको स्तरमा सम्बन्ध थप मजबुत बनाउन चाहन्छौँ,’ शीतलनिवासमा मंगलबार बिहान अब्बासीले भने । पाकिस्तान र नेपालबीचको दुईपक्षीय व्यापार अहिले ५० लाख अमेरिकी डलरमा सीमित रहेको भन्दै अब्बासीले यसलाई बढाउने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रपतिलाई पाकिस्तानका राष्ट्रपतिले पठाएको निमन्त्रणा पनि हस्तान्तरण गरेका छन् ।

सार्क सचिवालयमा वृक्षरोपण
अब्बासीले सल्लो वृक्ष रोपेपछि आयोजित कार्यक्रममा पाकिस्तान सार्क प्रक्रिया अघि बढाउन प्रतिबद्ध रहेको बताए । सार्क बडापत्रमा पाकिस्तान प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

सार्क सचिवालयमा यसअघि श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजपक्षले सल्लाको बिरुवा रोपेका थिए भने त्यसपछि अब्बासीले मंगलबार रोपेका छन् । सार्क सचिवालयका महासचिव मोहम्मद अमजद हुसेन बी सियालले वृक्षरोपणको प्रबन्ध मिलाएका हुन् । सियालले प्रधानमन्त्री अब्बासीलाई सोमबार अपराह्न भेटेर निमन्त्रणा दिएका थिए । सोमबार राति सीमित पत्रकारसँगको अनौपचारिक अन्तत्र्रिmयामा अब्बासीले यो जानकारी दिएका थिए ।

प्रचण्डसँग अब्बासीले के भने ?
होटेल हायातमा भएको भेटमा अब्बासीले माओवादी अध्यक्ष प्रचण्डसँग नेपाल पाकिस्तानको असल छिमेकी रहेको बताए । उनले दक्षिण एसियामा शान्ति र समृद्धिका पक्षमा पाकिस्तान र नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । अब्बासीले व्यापार र पर्यटनमा पाकिस्तानले नेपाललाई सहयोग गर्ने पनि उल्लेख गरे । उनले दक्षिण एसियाको मुख्य चुनौती र साझा शत्रु आतंकवाद रहेको उल्लेख गरे । पाकिस्तान सार्कको शिखर सम्मेलन गर्ने तयारी अवस्थामा रहेको पनि उनको भनाइ थियो ।

प्रचण्डले दक्षिण एसियामा शान्ति, समृद्धि र स्थायित्वका लागि सार्कको भूमिका उल्लेखनीय हुने उल्लेख गरेका थिए । उनले आतंकवाद, जलवायु परिवर्तन, प्रकोप, लागुऔषध तस्करीजस्ता मुद्दामा नेपाल र पाकिस्तानबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

प्रतिपक्षी नेतालाई किन भेटेनन् ?
पाकिस्तानी प्रधानमन्त्री अब्बासीेले प्रधानमन्त्री ओली र सत्ता गठबन्धनका नेता प्रचण्डसँग भेटवार्ता गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेनन् । सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रिभोजमा पनि देउवा गएनन्, बरु कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई पठाए । अब्बासी र गच्छदारबीच रात्रिभोजमा लामो अनौपचारिक कुराकानी भएको थियो ।

Advertisement

अब्बासीले प्रतिपक्षीसँग औपचारिक भेट नभएको विषयमा सोमबार पत्रकारहरूसँग भने, ‘मैले डिनरका क्रममा सबैभन्दा बढी समय प्रतिपक्षी दलका नेतासँग व्यतीत गरेँ । पाकिस्तानको राजनीतिमा हामी लामो समय विपक्षमा बसेका छौँ, त्यस हिसाबले पनि प्रतिपक्षीसँग हामी नजिक हुन्छौँ ।’ तर, औपचारिक भेटको सूचीमा देउवासँगको भेटलाई राखेनन् । परराष्ट्रका एक अधिकारीले भने, ‘पाकिस्तानी प्रधानमन्त्री आफ्नै सूचीअनुसार आउनुभयो, प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटबाहेक अन्य भेटवार्ता हुने वा नहुनेमा हाम्रो भूमिका रहेन ।’

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top