संघीयताको संक्रमण छ भन्दैमा अख्तियार चुप लागेर बस्दैन : प्रमुख आयुक्त घिमिरे

२३ मंसिर ७६, मंगलबार

२३ मंसिर, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयेगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संघीयताको संक्रमण छ भन्दैमा अख्तियार चुप लागेर बस्न नसक्ने बताएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त घिमिरेले संघीयताको संक्रमण छ भन्दैमा अख्तियार चुप लागेर नबस्ने बताएका हुन् ।

उनले संघीयताको संक्रमण देखाएर कसैले पनि भ्रस्टाचार सम्बन्धी गतिविधि गर्न छुट नभएको बताए । उनले कानून निर्माताहरुले नै कानुनको दायरा भित्र रहेर कार्यसम्पादन नगर्ने हो भने भ्रष्टाचार मौलाउँदै जाने समेत बताए ।

प्रमुख आयुक्त घिमिरेले गत वर्ष अख्तियारले अदालतमा दायर गरेको मुद्दाहरुमा ८८ प्रतिशत सफलता मिलेको समेत बताए । उनले यस वर्षको साउन यता १ सय ७० वटा मुद्दा दायर गरेकोले भ्रष्टाचार नियत्रणमा गतवर्ष भन्दा बढी सफलता पाउने बताए । कार्यक्रममा मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले अदालतमा मुद्दा बढ्दै जानुले भ्रष्टाचार बढ्दै गएको स्पष्ट हुने बताए ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले नेपालमा बढ्दै गएको भ्रष्टाचारका कारण प्रजातान्त्रीक मूल्य मान्यताहरु विशर्जन हुने, कानूनी शासनमा क्षय हुने तथा अर्थतन्त्र कमजोर हुने खतरा बढेको बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top