नयाँ नक्सा खारेज गर्न माग गर्दै भारतीय राजदूतावासमा ज्ञापनपत्र

२३ मंसिर, काठमाडौँ ।
नेपाल मजदुर किसान पार्टीले नेपाली भूमि समावेस गरी तयार गरिएको भारतको नक्सा खारेज गर्न भन्दै नेपाल स्थित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरीएको उक्त ज्ञापनपत्र काठमाडैंको लैनचौर स्थित भारतीय राजदूतावासमा बुझाएको हो ।

सोमबार दिउसो लैनचौर स्थित खानीविभागबाट ¥यालि सुरु गरी दुतावास सम्म पुगेर नेमकिपाले ज्ञापनपत्र बुझाएको हो । नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक समेत भारतमा गाभेर भारतले नयाँ नक्सा तयार गरेपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नेपालको भूमि नेपाललाई नै फिर्ता गर्न आग्रह गरेको हो ।

त्यस्तै नेमकिपाले कालापानीमा रहेको भारतीय सेना अविलम्ब फिर्ता लैजान समेत आग्रह गरेको छ । नेमकिपाका महासचिव प्रेम सुवालले नेपालको सुस्ता लगायत ७२ भन्दा बढी ठाउँमा भारतद्धारा अतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता गर्न समेत आग्रह गरेको बताए । सुवालले नेपाल भारत खुला सीमा बन्द गर्न आवश्यक रहेको भन्दै सन् १९४७ नोभेम्बर ९ मा भएको गोर्खा भर्ती सन्धि खारेज गर्न समेत जरुरी रहेको जनाए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top