×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१३औँ साग : पोखरामा सम्पन्न स्पर्धामा नेपाललाई चार स्वर्णसहित ३४ पदक

२४ मंसिर २०७६

२४ मंसिर,पोखरा ।

यही मङ्सिर १५ देखि शुरु १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ । यहाँ सञ्चालन भएका आठ खेलका कूल १५१ पदकका लागि भएको स्पर्धामा आयोजक नेपालले ट्रायथोलन र भारत्तोलनमा दुई÷दुई स्वर्ण पदक जितेको हो । भारत्तोलनमा नेपालका तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापाले (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेका थिए ।

Advertisement

त्यसैगरी ट्रायथोलनअन्तर्गत महिला स्पर्धामा सोनी गुरुङ र डुआथोलनको पुरुषतर्फ हिमाल टमाटाले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । नेपालले ट्रायथोलन तथा भारत्तोलनमा तीन÷तीन रजत तथा आर्चरी, पुरुष ह्याण्डबल तथा महिला फुटबलमा एक÷एक गरी नौ रजत पदक जित्न सफल भयो ।

त्यसैगरी भारत्तोलनमा ११, ब्याडमिन्टनमा पाँच, आर्चरीमा दुई, महिला क्रिकेट, ट्रायथोलन र महिला क्रिकेटमा एक÷एक गरी २१ रजत पदक जितेको छ । पोखरामा सम्पन्न स्पर्धामा भारतले सर्वाधिक १९ स्वर्ण तथा पाँच रजत र चार कास्य गरी कूल २८ पदक जित्न सफल भयो ।

भारतले भारत्तोलनमा नौ, ब्याडमिन्टनमा छ ट्रायथोलनमा दुई तथा महिला फुटबल तथा पुरुष ह्याण्डबलमा एक÷एक स्वर्ण जित्न सफल भयो । बङ्गलादेशले १३ स्वर्ण, सात रजत र आठ कास्य गरी २८ पदक जितेको छ ।

आर्चरीमा १० भारत्तोलनमा दुई र महिला क्रिकेटमा बङ्गलादेशले एक स्वर्ण जितेको छ । त्यसैगरी श्रीलङ्काले छ स्वर्ण २३ रजत र आठ कास्य गरी ३७ तथा पाकिस्तानले छ स्वर्ण दुई रजत र छ कास्य गरी १४ पदक जितेको छ ।

श्रीलङ्काले भारत्तोलन तथा बीच भलिबलमा दुई÷दुई तथा ब्याडमिन्टन र एक ट्रायथोलनमा एक÷एक स्वर्ण जितेको छ ।

पाकिस्तानले भारत्तोलनमा पाँच तथा महिला ह्याण्डबलमा एक स्वर्ण जितेको हो । भूटानले आर्चरीमा पाँच रजत र तीन कास्य तथा भारत्तोलनमा एक कास्य गरी जम्मा नौ पदक जितेको छ । माल्दिभ्सले महिला फुबटलमा एक कास्य पदकमात्र जित्न सफल भयो ।

यही मङ्सिर १५ देखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भारत्तोलनमा ६०, आर्चरीमा ३०, ब्याडमिन्टनमा २८, ट्रायथोलन १५, बीच भलिबल र ह्याण्डबलमा छ÷छ, महिला क्रिकेट र महिला फुटलबमा तीन÷तीन गरी कूल १५१ पदकका लागि नेपालसहित सात राष्ट्रबीच स्पर्धा भएको थियो ।

Advertisement

पोखरामा सम्पन्न भएका आठ खेलका लागि ८२४ खेलाडी तथा अफिसियलले सहभागिता जनाएका थिए भने खेल सञ्चालनका लागि ४९१ प्राविधिक तथा अफिसियलको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

सम्बन्धित खबरहरु

Scroll to Top