रङ्गशालामै दर्शक र पत्रकारमाथि प्रहरीको लाठी चार्ज

२४ मंसिर, काठमाडौं ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह र फुटबल फाइनलको नपाएको भन्दै आक्रोशित सर्वसाधारण प्रर्दशन गरेपछि प्रहरीले कुटपिट गरेको हो ।

Advertisement

उक्त प्रर्दशनको रिपोर्टिङको क्रममा रङ्गशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीद्धारा कुटिएका हुन् ।

रङ्गशाला अगाडि रहेको ब्लुक्रस अस्पताल अगाडि प्रहरीले कुटपिट गरेको दृष्य क्यामेरामा कैद गर्न खोज्ने पत्रकार चापागाईंलाई डिएसपी सोमेन्द्र सिंह राठोरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको हो ।

Advertisement

तीन प्रहरीले रंगशाला भित्र नै पत्रकार चापागाईंलाई कुटपिट गरेका थिए । उनको कानबाट समेत रगत आएपछि हाल उपचारका लागि अस्पताल लगिएको छ ।‘फोटो खिच्दा मलाई प्रहरीले लाठी, मुक्का र बुटले प्रहार गर्यो’ घाइते चापागाईले भने,‘सागको अन्तिम दिन टिकट नपाएको विरोधमा दर्शक आन्दोलित थिए, प्रहरीले आन्दोलनकारीलाई लछारपछार पारेको फोटो खिच्दा मलाई एस एस राठोर नेमप्लेट लगाएका डिएसपीले कुटेका हुन।’

मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top