१०८ औं अन्तराष्ट्रिय नारी दिवशमा विराटनगरमा विविध कार्यक्रम

२४ फागुन ७४, बिहीबार
Share this
755shares

विराटनगर, फागुन २४
आज १०८ औं अन्तराष्ट्रिय नारी दिवश, विराटनगरमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाईको छ । अन्तराष्ट्रिय नारी दिवश मुल समारोेह समितिले विराटनगरमा आज विहान प्रभात फेरीको आयोजना ग¥यो ।

Advertisement

प्रभात फेरीपछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै १ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले महिलामाथि हेर्ने दृष्टिकोण तथा महिला माथिको विभेद अझैपनि कायम रहेको बताए ।

उनले महिलाहरु संवैधानिक हिसावले महत्वपूर्ण राजनितिक पदमा पुगेपनि समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण भने परिवर्तन हुन नसकेकाले त्यसतर्फ महिलावादी संस्थाहरुको ध्यान केन्द्रित हुनुपर्ने वताए ।

Advertisement

कार्यक्रममा १ नम्वर प्रदेशकी उपसभामुख सरस्वती पोखरेलले महिलाको हक हितकालागि प्रदेश सरकारले निति तथा कार्यक्रममा ल्याउनुपर्ने बताईन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महिलामाथिको विभेद अन्त्यगरी उनीहरुलाई राजनितिक मूलप्रबाहमा ल्याउन माहानगरपालिकाले विभिन्न कार्यक्रम संचालनमा ल्याएको बताए ।

Advertisement

कार्यक्रममा भानुकला केन्द्र विराटनगरकी अध्यक्ष माया पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top