भारतद्वारा अतिक्रमीत नेपाली भूमि गुञ्जीमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी

२६ मंसिर, दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि गुञ्जीमा स्थानीय र सुरक्षाकर्मीका लागि हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिएको छ ।

उच्च हिमाली क्षेत्रमा हिमपातका कारण खाद्यान्न अभाव हुने अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न ढुवानी गरिएको भारतीय पत्रिका ‘दैनिक जागरण’ले जनाएको छ ।

हिउँदको समयमा धारचूला र मुनस्यारी तहसिलको उच्च भूभागमा भारी हिमपात हुने गरेको छ । झण्डै ६ दशकदेखि भारतीय अतिक्रमणमा रहेको नेपाली भूभागमा झण्डै १ हजारको संख्यामा स्थानीय र भारतीय सुरक्षाकर्मी बसोवास गर्दछन् ।

महाकाली नदी र भारतले भन्दै आएको नक्कली महाकाली अर्थात लिपु खोलाको संगमस्थल रहेको गुञ्जीमा खाद्य भण्डार स्थापना गरिएको छ । भौगोलिक दुरी र विकटताका कारण भारतीय सेनाको हेलिकोप्टरमार्फत बुधबार खाद्यान्न ढुवानी गरिएको छ ।

बुधबार बिहानैदेखि भारतीय सेनाको हेलिकोप्टरले धारचूलादेखि गुञ्जीसम्म ३ पटक खाद्यान्न ढुवानी गरेको छ । धारचूला तहसिल अन्तर्गतको व्यास घाटी क्षेत्रका स्थानीयका लागि सन् २०२० मे महिनासम्मका लागि खाद्यान्न ढुवानी गरिएको दैनिक जागरण पत्रिकाले जनाएको छ ।

धारचूलासँगै जोडिएको मुनस्यारी तहसिलको खाद्य गोदाममा भने सन् २०२० जनवरीसम्मका लागि खाद्यान्न पुर्याइएको छ । उत्तराखण्ड सरकारको पूर्ति विभागले सैनिक हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो ।

पूर्ति विभागका पिथौरागढ जिल्ला पूर्ति अधिकारी एमएस रावतले व्यास घाटीका बासिन्दाका लागि आगामी मे महिनासम्मका लागि रासन भण्डारण गरिएको बताए ।

पिथौरागढका जिल्ला अधिकारी (डीएम) डा. विजयकुमार जोगदण्डेले सबै ग्यास गोदामहरु र पेट्रोल पम्पहरुलाई अतिरिक्त मात्रामा ग्यास र तेल भण्डारण गर्न निर्देशन दिएका छन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top