काठमाडौं महानगरले सडक मानवमुक्त अभियान घोषणा गर्ने

२६ मंसिर ७६, शुक्रबार

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियानको घोषणा गर्ने भएको छ ।

महानगर स्थापनाको २५ वर्ष पुगेको अवशरमा महानगरले अभियानको घोषणा गर्ने भएको हो । मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समुन्वयमा अभियानको घोषणा गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । एक छाक खानाकै लागि सडकमा बसिरहेकाहरुलाई उद्धार गरि सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गरिने उनले बताए ।

त्यसैगरि महानगरपालिकाको वडा नम्बर ६ मा स्थापना गरिएको दमकल भवनको उद्घाटन समेत गरिने उनले बताए । महानगरको वडा नम्बर ६ बौद्ध रामाहिटीमा निर्माण भएको भवनको शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन वटासम्म दमकल राख्ने मिल्ने भवनसँगै तालिम केन्द्रको पनि व्यवस्था रहेको उनले बताए ।

रामाहिटीमा दमकल भवन भएपछि पूर्वक्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि कम समयमै जनशक्ति त्यहाँ पुग्ने उनले बताए । २०५२ साल मंसिर २९ गते तत्कालिन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेको अवशरमा हरेक वर्ष महानगर दिवस मनाउने गरिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top